नेपालका अलराउन्डर वसन्त रेग्मीले
क्यानेडियन लिग क्रिकेटको पहिलो खेलमै उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले
नटआउट ४३ रन जोडेपछि टोरन्टोमा भएको पि्रमियर डिभिजनको दोस्रो डिभिजन वाइलो
कन्फरेन्स लिगमा जीटीए च्यालेन्जर्स क्लबले सिजनमा दोस्रो जित दर्ता गरेको
छ । गाज्नभी क्रिकेट क्लबले दिएको १ सय ६८ रनको लक्ष्य जीटीए
च्यालेन्जर्सले ८ विकेट क्षतिमा पूरा गर्यो ।
गाज्नभीले पहिले ब्याटिङ गर्दै निर्धारित
५० ओभरमा सबै विकेट गुमाएर १ सय ६७ रन जोडेको थियो । जवाफमा जीटीए
च्यालेन्जर्सले ८ विकेट क्षतिमा १ सय ६८ रन बनायो । ‘टिमलाई पहिलो खेलमै
जित दिलाउन पाएकामा खुसी छु,’ वसन्तले कान्तिपुरसँगको टेलिफोन सम्पर्कमा
भने, ‘विकेट लिन भने सकिनँ । अर्को खेलमा त्यसलाई पनि पूरा गर्नेछु ।’ उनको
टिमले अर्को खेल आइतबार खेल्नेछ ।
ज्ञानेन्द्रले पहिलो खेलमा आइतबार वसन्त खेलेकै क्लबबाट खेलेका थिए । तर उनी सस्तैमा आउट
भए । ज्ञानेन्द्रले आइतबारबाट भने आफ्नै
क्लब ओन्टारियो क्रिकेट एकेडेमीबाट खेल्नेछन् । ‘ओन्टारियो क्लब एलिट
डिभिजनको कन्फरेन्स-टुमा छ । अर्को साताबाट म आफ्नै क्लबबाट खेल्नेछु,’
ज्ञानेन्द्रले भने ।
पाकिस्तान, भारत, श्रीलंका लगायतका खेलाडी
सामेल रहेकाले लिगमा रोमाञ्चकता हुने वसन्तले बताए । ‘यहाँ धेरै सिक्न
पाइनेछ,’ उनले भने । ज्ञानेन्द्रले मैदानमा घाँस लामो रहेको बताए । ‘यहाँका
मैदान ७०/७५ यार्डकै छन्, खेल्दा राम्रै लाग्छ,’ ज्ञानेन्द्रले भने ।
सुवास र प्रदीप पुगे क्रिकेटरद्वय सुवास
खकुरेल र प्रदीप ऐरी सोमबार श्रीलंका पुगेका छन् । नेपाली राष्ट्रिय
क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायकेका अनुसार उनीहरू कोलम्बोबाट ५०
किलोमिटर टाढा रहेको कुरुनेगाला क्रिकेट क्लबमा पुगेका हुन् । दुवैले जून
१५ बाट सुरु हुने यू-२३ लिगमा खेल्नेछन् । छ साता हुने प्रतियोगितामा हरेक
खेल दुई दिनका हुनेछन् ।





0 comments:
Post a Comment