Monday, June 17, 2013

वसन्त रेग्मीको क्यानेडियन लिग क्रिकेटको पहिलो खेलमै उत्कृष्ट ब्याटिङ

नेपालका अलराउन्डर वसन्त रेग्मीले क्यानेडियन लिग क्रिकेटको पहिलो खेलमै उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले नटआउट ४३ रन जोडेपछि टोरन्टोमा भएको पि्रमियर डिभिजनको दोस्रो डिभिजन वाइलो कन्फरेन्स लिगमा जीटीए च्यालेन्जर्स क्लबले सिजनमा दोस्रो जित दर्ता गरेको छ । गाज्नभी क्रिकेट क्लबले दिएको १ सय ६८ रनको लक्ष्य जीटीए च्यालेन्जर्सले ८ विकेट क्षतिमा पूरा गर्‍यो ।
गाज्नभीले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १ सय ६७ रन जोडेको थियो । जवाफमा जीटीए च्यालेन्जर्सले ८ विकेट क्षतिमा १ सय ६८ रन बनायो । ‘टिमलाई पहिलो खेलमै जित दिलाउन पाएकामा खुसी छु,’ वसन्तले कान्तिपुरसँगको टेलिफोन सम्पर्कमा भने, ‘विकेट लिन भने सकिनँ । अर्को खेलमा त्यसलाई पनि पूरा गर्नेछु ।’ उनको टिमले अर्को खेल आइतबार खेल्नेछ ।
ज्ञानेन्द्रले पहिलो खेलमा आइतबार वसन्त खेलेकै क्लबबाट खेलेका थिए । तर उनी सस्तैमा आउट
भए । ज्ञानेन्द्रले आइतबारबाट भने आफ्नै क्लब ओन्टारियो क्रिकेट एकेडेमीबाट खेल्नेछन् । ‘ओन्टारियो क्लब एलिट डिभिजनको कन्फरेन्स-टुमा छ । अर्को साताबाट म आफ्नै क्लबबाट खेल्नेछु,’ ज्ञानेन्द्रले भने ।
पाकिस्तान, भारत, श्रीलंका लगायतका खेलाडी सामेल रहेकाले लिगमा रोमाञ्चकता हुने वसन्तले बताए । ‘यहाँ धेरै सिक्न पाइनेछ,’ उनले भने । ज्ञानेन्द्रले मैदानमा घाँस लामो रहेको बताए । ‘यहाँका मैदान ७०/७५ यार्डकै छन्, खेल्दा राम्रै लाग्छ,’ ज्ञानेन्द्रले भने ।
सुवास र प्रदीप पुगे क्रिकेटरद्वय सुवास खकुरेल र प्रदीप ऐरी सोमबार श्रीलंका पुगेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायकेका अनुसार उनीहरू कोलम्बोबाट ५० किलोमिटर टाढा रहेको कुरुनेगाला क्रिकेट क्लबमा पुगेका हुन् । दुवैले जून १५ बाट सुरु हुने यू-२३ लिगमा खेल्नेछन् । छ साता हुने प्रतियोगितामा हरेक खेल दुई दिनका हुनेछन् ।

Saturday, June 15, 2013

MMC Celebrating their Title..

 

Fans Buying Tickets. Normal Parapet costed NRS 200 while Closed Parapet were tagged 500 each. There were more than 12000 people approx today.

 
 Laxmi Hyundai Manang Marsyangdi Club. Gurkha Cup 2070 winners.

 
Sagar Thapa Receives Best Defender of Gurkha cup 2070.


Bishal Shrestha celebrates after announced as Best Goalkeeper of the tournament.



 
Sulav Maskey Celebrates his hat trick as MMC lifts Gurkha cup Title.